एमाले मतदान सम्पन्न, दुई हजार ९६ मत खस्यो, ७७ अनुपस्थित
गोरखापत्र अनलाइन
मंसिर १४, २०७८ मंगलवार
मङ्सिर १४ गते । नेकपा एमालेको सौराहामा जारी दशौं महाधिवेशनमा मतदान सम्पन्न भएको छ । निर्वाचनमा दुई हजार ९६ मत खसेको हो ।
एमालेका दुई हजार १७३ प्रतिनिधि मतदाता थिए । जसमध्ये ७७ जना मतदाता अनुपस्थित रहे । मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन समारोह सम्पन्न गरेर ११ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतीको प्रयास गरिए पनि नभएपछि आज बिहान ४ बजेबाट मतदान सुरु भएको थियो । विहान अध्यक्षका उमेद्वार केपी शर्मा ओली र अर्का...