सूचना प्रविधि क्षमताको लेखाजोखामा चौरजहारी नगर पहिलो
गोरखापत्र अनलाइन
मंसिर १०, २०७८ शुक्रबार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखामामा रुकुमपश्चिमको चौरजहारी नगरपालिका पहिलो भएको छ । कूल ८० अंकसहित चौरजहारी नगरपालिका पहिलो भएको हो । यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका ७८ अंकसहित दोस्रो भएको छ । यस्तै, स्याङ्जाको वालिङ नगरपालिका पनि दोस्रो भएको बताइएको छ ।