४० हजारको भिसा प्रभावित हुने, जमघट नगर्न दूतावासको आग्रह
गोरखापत्र अनलाइन ,
फाल्गुन २६, २०७६ सोमबार
कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले ३५ देखि ४० हजारको हाराहारीमा नेपाली कामदारको भिसा लाग्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।
भिसा लागि सके पछि ३ महिना भित्र त्यस देशमा काम गर्न जाने कामदार प्रवेश गर्ने कानुनी प्रावधान भएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।