१५ हजारमा बिक्छन् गन्धर्वका सारङ्गी
गोरखापत्र अनलाइन
कार्तिक २८, २०७६ बिहीबार
नयाँ बस्तीका १५ भन्दा बढि गन्धर्व परिवारले अहिले घरमै बसेर सारङ्गी बनाउँछन् । यो उनीहरुको मुख्य पेशा नै बनेको छ । स्थानीय कृष्ण गान्धारीले सारङ्गी उत्पादन गर्न घरेलु उद्योग नै स्थापना गर्नु भएको छ । सो उद्योगबाट मासिक २ सय ३० वटा सारङ्गी उत्पादन हुने र त्यसको बिक्रीबाट मासिक २ लाख ५० हजार आम्दानी हुने उहाँले बताउनुभयो ।