‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने
रासस
कार्तिक १५, २०७६ शुक्रबार
सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर ९ठूलो क्षमताको छपाइ उपकरण० सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो ।
अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ ।