काठमाडौँ, कात्तिक १७ गते । आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ दिई चार दिन लामो छठपर्व समापन गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो ।
उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।
फोटो फिचर