ओली र मोदीले पेट्रोलियम पाइपलाइनको संयुक्त रुपमा उद्घाटन
गोरखापत्र अनलाइन
भाद्र २४, २०७६ मंगलवार
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्नुभएको छ ।
सिंहदरबारबाट नेपालका प्रधानमन्त्री ओली र दिल्लीबाट भारतका प्रधानमन्त्री मोदीले स्विच थिचेर पाइपलाइनको उदघाटन गर्नुभएको छ ।