logo
२०८१ बैशाख २३ आईतवार



डा. सन्दुक रुइतलाई डेंगु संक्रमण, नर्भिकमा उपचार हुँदै

पढ्नै पर्ने |


डा. सन्दुक रुइतलाई डेंगु संक्रमण, नर्भिकमा उपचार हुँदै


सरोज ढ्रङ्गेल,

काठमाडौं, भदौ २३ गते । नेत्ररोग विशेषज्ञ प्राध्यापक डा. सन्दुक रुइतलाई डेंगुको संक्रमण भएको छ ।

नर्भिक अस्पतालका एक चिकित्सकका अनुसार रुइतलाइ डेंगुको संक्रमणले भर्ना गरिएको छ । घरैमा उहाँ सहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ । यस अघि सरुवा अस्पतालमा समेत दुइ चिकित्सक सहित १३ जनालाइ डेंगु लागेको थियो ।

सरकारको तथ्यांक अनुसार सात हजारलाइ डेंगु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ । डेंगुबाट जोगिन मन्त्रालयले आ-आफ्नो घर सरसफाइ गर्न आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?