नेपालबाट उन्मूलन हुन लागेको दादुरा फेरि देखिन थाल्यो
विष्णु पाण्डेय
भाद्र ३०, २०७८ बुधबार
नेपालबाट उन्मूलन हुन लागको दादुरा रोग फेरि देखिन थालेको छ । पछिल्ला वर्षमा नेपालमा देखिन छाडेको यो रोग गत हप्ता जाजरकोटमा दुई जनामा दादुरा सङ्क्रमण भएको पुष्टि भएको छ । कोभिड १९ को सङ्क्रमणको समयमा बालबालिका नियमित खोप प्राप्त गर्नबाट छुटेका कारण पनि यस्ता रोगहरु फेरी फर्कन सक्ने विज्ञहरुले बताउदै आएका छन् ।
दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो,जुन मिजल्स भाईरसबाट लाग्दछ । यो रोग सामान्यतया पाँच वर्ष मुनिका बालबालिकामा...