logo
२०८१ बैशाख ८ शनिवार



नेपालबाट उन्मूलन हुन लागेको दादुरा फेरि देखिन थाल्यो

पढ्नै पर्ने |
स्वास्थ्य |


नेपालबाट उन्मूलन हुन लागेको दादुरा फेरि देखिन थाल्यो


बिष्णु पाण्डेय
काठमाडौँ, भदौ ३० गते । नेपालबाट उन्मूलन हुन लागेको दादुरा रोग फेरि देखिन थालेको छ । पछिल्ला बर्षमा नेपालमा देखिन छाडेको यो रोग गत हप्ता जाजरकोटमा दुई जनामा दादुरा सङ्क्रमण भएको पुष्टि भएको छ । कोभिड १९ को सङ्क्रमणको समयमा बालबालिका नियमित खोप प्राप्त गर्नबाट छुटेका कारण पनि यस्ता रोगहरु फेरि फर्कन सक्ने विज्ञहरुले बताउँदै आएका छन् ।
दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो,जुन मिजल्स भाइरसबाट लाग्दछ । यो रोग सामान्यतया पाँच वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप लिन सक्ने विज्ञहरुको भनाइ छ ।
स्वास्थ्यविद् डा. बाबुराम मरासिनीले दादुरा रोग निकै सङ्क्रामक रहेकाले यसले चाँडै नै महामारीको रुप लिन सक्ने देखिएकाले यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताउनुभयो । पछिल्ला वर्षहरुमा नियमित खोपको सुनिश्चितता कम रहेको देखिएका कारण पनि दादुर रोग फेरि देखिन थालेको उहाँको भनाई छ । “पछिल्ला बर्षहरुमा नियमित खोप कार्यक्रम प्रभावित भएको देखिएको छ । जसका कारण नेपालमा निर्मूल हुँदै गएको दादुरा रोग फेरि देखिन थालेको छ” उहाँले भन्नुभयो ।
दादुरा रोग लागेको तीन वटा बच्चामध्ये एक जनाको ज्यान जान सक्ने भएकाले नियमित खोपमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । ९० प्रतिशत बच्चामा खोप नपुगे दादुरा खोपले महामारीको रुप लिन सक्ने उहाँको भनाइ छ ।
यस्तै संक्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पछिल्लो समय केही बालबालिकामा नियमित खोपको पहुँच नपुगेका कारण नै दादुरा रोगका विरामी फेला परेको हुन सक्ने बताउनुभयो । सर्वप्रथम बालबालिकामा नियमित खोपको प्रभावकारीता सुनिश्चित गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । दादुरा रोगको भरपर्दो उपचार खोप नै भएकाले यसको विस्तार गर्नु आवश्यक दखिएको उहाँले बताउनुभयो ।
यस्तै स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाप्रमुख सागर दाहालले दादुरा खोपको नियन्त्रणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लागेको बताउनुभएको छ । जाजरकोटमा पनि गत हप्ता दादुरा संक्रमित फेला परेको क्षेत्रमा स्वास्थ्य टोलीले रेस्क्यु गरीसकेको उहाँले बताउनुभयो । “अहिले त्यहाँको अवस्था समान्य भैसकेको छ ,आगामी दिनमा पनि दादुराका बिरामी नभेटिउन भन्ने कुरामा मन्त्रालय सचेत छ । जसका लागि खोप नियमित खोप कार्यक्रम पनि अघि बढेको छ”उहाँले भन्नुभयो । कोभिड १९ को संक्रमणका रोक्न जारी निषेधाज्ञाका कारण कतिपय बालबालिका नियमित खोपबाट छुटे पनि अब भने सबै बालबालिकालाई कभरेज गर्नेगरी खोप कार्यक्रम विस्तार गरिने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?