मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपिआर)को तेस्रो प्रतिवेदन तयारी
रासस
फाल्गुन १५, २०७६ बिहीबार
संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले हरेक साढे चार वर्षको अन्तरालमा मानवअधिकारको समीक्षा गर्ने प्रावधानअनुसार गैरसरकारी संस्थाले प्रतिवेदन तयारीबारे छलफल शुुरु गरेका छन् । मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा (युपिआर) का लागि गैरसरकारी संस्थाको नेतृत्व गरिरहेको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज युपीआरका विषयमा प्रतिवेदन तयारीका लागि छलफल शुरु गरेको हो ।