आश्वासनमै सीमित पश्चिम सेती आयोजना
गोरखापत्र अनलाइन ,
फाल्गुन १७, २०७६ शनिबार
डडेल्धुरा, फागुन १७ गते । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा उठान हुने पश्चिम सेती परियोजना अहिलेसम्म आश्वासनमै बितेको छ ।
नारामा धेरै बढीको जिब्रोबाट बोलिने पश्चिम सेती कहिले बन्छ कुनै टुङ्गो छैन । परियोजनाको २८ वर्ष बितिसक्दा पनि निर्माणको काम भने अगाडि बढेन ।