लुम्बिनीको सभाहल निर्माण अन्तिम चरणमा, बुद्धजयन्तीमा उद्घाटन
गोरखापत्र अनलाइन
माघ ११, २०७८ मंगलवार
बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी जेठ २ गते बुद्धजयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको जनाएको छ ।
“अब ध्यान केन्द्रमा ल्याण्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ, यो काम पनि चालु अवस्थामा छ, त्यस्तै झ्याल ढोका लगाउने काम पनि जारी छ,”कोषका योजना प्रमुख सरोज भट्टराईले भन्नुभयो, “आगामी...