निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ : मन्त्री भुसाल
रासस
मंसिर १८, २०७८ शनिबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार स्क्वारस्थित स्थानीय समुदायको पहलमा निर्माणाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमासमेत प्रतिष्ठा बढाइरहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट झिँगटी हाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुहिकरूपमा गर्न चाहे हरेक कुरा सम्भव हुने बताउनुभयो । मन्त्री भुषालले भन्नुभयो, “ छ वर्षअघि...