निजामती सेवामा तहगत प्रणालीको तयारी
नगेन्द्र सापकोटा
मंसिर २०, २०७८ सोमबार
सरकारले सबै निजामती कर्मचारीलाई तहगत प्रणालीमा लैजाने तयारी गरेको छ । श्रेणीगत व्यवस्थालाई खारेज गर्दै सबै कर्मचारीलाई तहगत रूपमा रूपान्तरण गर्न लागिएको हो ।
सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई एउटै वर्गमा राख्ने गरी श्रेणीगत प्रणालीलाई खारेज गर्दै तहगत प्रणालीमा राख्ने गृहकार्य भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा ऐनमा सबै कर्मचारीलाई तहगत रूपमा राख्ने गरी...