रेलवे कानुन आयो, बजेट आएन
भउचप्रसाद यादव
मंसिर १९, २०७८ आइतवार
रेल्वे अध्यादेश, २०७८ जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भए पनि सञ्चालनको अन्योल भने यथावत् छ । बजेटको अभावमा सो रेल सेवा कहिलेदेखि सञ्चालनमा आउने भने अझै सुनिश्चित हुन सकेको छैन । माग गरिएको रकम उपलब्ध नभएसम्म सो रेल सेवा सञ्चालनमा आउन नसक्ने नेपाल रेल्वे कम्पनीले स्पष्ट पारेको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल्वे अध्यादेश जारीसँगै जनकपुर–जयनगर रेल सञ्चालनका...