राजनीतिक व्यवस्था नसुध्रिकोमा पूर्वराष्ट्रपतिको चिन्ता
रासस
मंसिर १८, २०७८ शनिबार
नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासङ्घले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।