‘स्मार्ट’ चालक अनुमतिपत्र चार महिनामा छापिसकिने
रासस
माघ १७, २०७६ शुक्रबार
यातायात व्यवस्था विभागले अहिले छाप्न बाँकी ‘स्मार्ट’ चालक अनुमतिपत्र आगामी चार महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको छ । ठूलो क्षमताको उपकरण ९मास प्रिन्टर० सञ्चालनमा आएसँगै अहिले विभागमा रहेका अनुमतिपत्र चार महिनामा छापिसकिने र अबका दिनमा थप हुने अनुमतिपत्र अर्को दुई महिनामा छापिसक्ने लक्ष्य लिइएको विभागले बताएको छ ।