शिक्षा, स्वास्थ्य र रोजगारी समाजवादका आधार- नेता पाेखरेल
रासस
माघ १८, २०७६ शनिबार
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य लीलामणि पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारी समाजवाद स्थापनाका मूल आधार भएको बताउनुभएको छ । अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा उहाँले समाजवादको तयारीका लागि सरकारमा कम्युनिष्ट पार्टी भए पनि राज्यसत्ताको चरित्र र चिन्तन नबदलिएको उल्लेख गर्दै सुरक्षा निकाय र न्यायालय अझै पुरानो ढर्रामा रहेका टिप्पणी गर्नुभयो ।