सेवा सुनिश्चित गर्न वित्तीय सुशासन
गोरखापत्र अनलाइन
मंसिर २८, २०७८ मंगलवार
वि.सं. १९९४ सालमा नेपाल बैङ्कको स्थापनापछि देशमा सरकारी तथा निजी क्षेत्रबाट समेत थुप्रै बैङ्क तथा वित्तीय संस्था स्थापना भई सञ्चालनमा आएका छन् । आर्थिक उदारीकरण नीतिको अवलम्बनसँगै देशमा सञ्चालित वाणिज्य बैङ्क, विकास बैङ्क, वित्त कम्पनी र लघुवित्त कम्पनीले तीन करोड जनतालाई वित्तीय सेवा पु-याउँदै आइरहेका छन् । आफ्नो संस्थामा खाता खोली वित्तीय कारोबार, रकम भुक्तानी र ऋण प्राप्त गर्नका लागि ग्राहकलाई आधुनिक बैङ्किङ...