चुनौतीसित लड्दै नेपाली अर्थतन्त्र
गोरखापत्र अनलाइन
चैत्र २९, २०७८ मंगलवार
रसियाले युक्रेनमाथि सन् २०२२ फेब्रुअरी २४ तारिखमा आक्रमण गरेपछि विश्वको राजनीतिक वृत्त मात्र होइन, आर्थिक क्षेत्रमा समेत अनेकौँ नवीन परिस्थिति देखा परे । विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थ पठाउने तेस्रो मुलुक रसिया नै भएकाले पेट्रोलियम पदार्थ आपूर्तिमा नराम्रो असर पर्न थालिसकेको छ । युद्धमा होमिँदा अथाह इन्धन युद्धमै खर्च गर्ने बाध्यता आइपर्नु, अमेरिका र युरोपेली मुलुकले रसियामाथि आर्थिक नाकाबन्दी सुरु...