राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धन विजयी
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ भोट ल्याएर बिजयी हुनुभएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराउनुभयो ।