logo
२०८१ बैशाख १२ बुधवार



राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धन विजयी

राजनीति |


राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा गठबन्धन विजयी
लुम्बिनीबाट विजयी गठबन्धनका उम्मेदवार । तस्बिर : गोरखापत्र


गोकर्ण पौडेल
तुलसीपुर, माघ १२ गते । राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ। तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनका नेपाली काँग्रेसका युवराज शर्माले चार हजार तीन सय ७४ मत प्राप्त गर्नुभएको हो । नेकपा (एकीकृत समाजवादी) की राज्यलक्ष्मी गैह्रेले चार हजार तीन सय ६५ र राष्ट्रिय जनमोर्चका तुलबहादुर विश्वकर्माले चार हजार तीन सय ४४ मत ल्याएर विजयी हुनुभएको हो ।

विपक्षी एमालेबाट महिलातर्फ भारती खनाल उपाध्यायले तीन हजार तीन सय ४८ दलिततर्फ कृष्णबहादुर सुनारले तीन हजार तीन सय ७८ र अन्यतर्फ रामदयाल गुप्ताले तीन हजार तीन सय १२ मत प्राप्त गर्नुभएको थियो ।

लुम्बिनी प्रदेशका ८१ प्रदेशसभा सदस्यमध्ये एमाले ३७, माओवादी १९, कांग्रेस १९, जसपा ४, एकीकृत समाजवादी १ र जनमोर्चाका १ हुनुहुन्छ ।

लुम्बिनीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना हनुहुन्छ। कूल मतदाता दुई सय ९६ मध्ये दुई सय ९४ जनाले मतदान गर्नुभएको थियो । दुई जना अनुपस्थिति हुनुहुन्थ्यो। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नुहुने कोमल वली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे अवधि सकिएपछि निर्वाचन भएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?