विधिको शासनमा वकिलको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा
रासस
पुष ८, २०७८ बिहीबार
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभयो ।