logo
२०८२ असार ३ मंगलवार



नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सम्पन्न

राजनीति |
प्रदेश |


नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि मतदान सम्पन्न


धर्बेन्द्र झा
जनकपुरधाम, पुष ७ गते । नेपाली काँग्रेस प्रदेश नं २ को पहिलो अधिबेशन अन्र्तगत नयाँ नेतृत्वका लागि जनकपुरधामस्थित गोपाल धर्मशालामा बिहीबार भएको मतदान शन्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
प्रदेश नं.२ मा मतदानका लागि एक हजार ९५१ मतदाता रहेकोमा एक हजार आठ सय ८१ मत खसेको निर्वाचन समितिका सदस्य अरुण यादवले जानकारी दिनुभयो । विहान ९ वजेबाट शुरु भएको मतदान राती ८.०० बजेसम्म चलेको थियो ।
मतदानमा उत्साहजनक सहभागिता भएको र दुवै उम्मेदवार सँग छलफल भए पश्चात भोलि विहानबाट मतगणना शुरु हुने निर्वाचान समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनुभयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?