प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच महाअभियोग प्रस्तावबारे छलफल
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७८ मंगलवार
सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।