काठमाडौं, फागुन ३ गते। सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।
भेटमा प्रधानन्यायाधीशविरुद्धको महाअधियोग प्रस्तावबारे छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो। भेटमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे भने छलफल नभएको उहाँले बताउनुभयो।
‘तीन शीर्ष नेताबीच भएको भेटवार्ता प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको थियो।तर, एमसीसीको बारेमा छलफल नभएको अध्यक्ष प्रचण्डले बताउनुभयो थियो,’ प्रेस संयोजक किरणले भन्नुभयो ।
आइतबार प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सत्ता गठबन्धनले छलफललाई तीव्रता दिएको छ।