शब्दको लोकजीवन
गोरखापत्र अनलाइन ,
श्रावण २४, २०७७ शनिबार
पूर्वीय दर्शनमा सृष्टिको आरम्भ शब्दबाट भएको विश्वास गरिन्छ । शब्दलाई ब्रह्म पनि भन्ने गरिएको पाइन्छ । प्रारम्भको शब्द ॐ कारनाद या प्रणव हो भन्ने विश्वास छ । नादब्रह्मका दुई रूप हुन्छन्, आहत र अनाहत । कुनै आहत या ठक्करविना उत्पन्न हुने अनाहतनाद हो । दुवै कान बन्द गर्दा जस्तो ध्वनि सुनिन्छ, अनाहतनादको ध्वनि पनि त्यस्तै हुन्छ भन्ने भनाइ रहेको छ । अनाहतनाद वर्णनातीत र अप्रतिम छ । कुनै वस्तुमा ठक्कर खाएर उत्पन्न हुने ध्वनि...