कवितामा ऋतुराज
गोरखापत्र अनलाइन
बैशाख ४, २०७८ शनिबार
कवितालाई अनुभूतिको प्रतिविम्ब मानिन्छ । कवि वा स्रष्टाले प्रकृतिभित्रैबाट अर्थहरू खोज्छन् । प्रकृति कविका लागि अनुभूतिको अन्तहीन भण्डार हो, जहाँ कविको हृदय घोलिन्छ, लुट्पुटिन्छ, एकाकार हुन्छ अनि ऊ मौरीले फूलबाट मह सोसेर लिएझैँ भाव र सौन्दर्यानुभूतिको रस खिच्छ ।
वसन्त प्रकृतिकै एक विशिष्टतम् र सुन्दरतम् स्वरूप हो । पृथ्वीले काँचुली फेर्छ, वसन्तमा । शिशिरको खडेरी, सुक्खाग्रस्त धर्ती र वनस्पति जगत्को लुप्तप्रायः...