प्रदीप्नराज पन्त
पृथ्वीभरि मानवलगायत जत्ति पनि जीवजन्तु छन्, ती सबै प्रेमका लागि जिउँछन् । कसैप्रति ईष्र्या, घमण्ड पनि प्रेमका लागि नै हुने गर्छ । विश्वमा इतिहासदेखि अहिलेसम्म प्रेमका लागि भयानक युद्धसमेत भए । जुनसुकै देशमा पनि मानिसले प्रेमगीत, कविता रचेका हुन्छन् । प्रेमका लागि नै मानिसले कठिन यात्रासमेत गर्ने गर्छन् । प्रेमका लागि नै मानिसले कहिले आफ्नो आत्मदाह त कहिले अरूको हत्यासमेत गर्न पछि पर्दैनन् ।
प्रेम मानव अनुभव, अनुभूतिसँग सम्बन्धित छ र यो मानव मस्तिष्कको एउटा जटिल प्रक्रियाको हिस्सा हो । मस्तिष्कले प्रेमको परमानन्द, अधिकार र एकोहोरो धुन उत्पन्न गर्छ । यो स्पष्ट त छैन, कुन मानिसले कोसँग प्रेम गर्छ ? कसरी प्रेम व्यक्त गर्छ ? तर, प्रेम हुन्छ र मस्तिष्कको संरचनाअनुसार प्रेम अवश्यम्भावी छ तथा हरेक मानिसले प्रेम गर्छ र जीवनपर्यन्त प्रेममै रहन्छ ।
प्रेम भनेको ब्रह्माण्ड, प्रकृति या ईश्वर हो भन्ने गरिएको छ । बाइबलमा प्रेमलाई सहिदसँग तुलना गरेर व्याख्या गरिएको छ । मानिसले स्वेच्छाले अर्काका लागि आत्मत्याग गर्ने प्रेमलाई उत्कृष्ट प्रेम भनिएको छ र त्यस्तै प्रेम मानिसले मानिसलाई गर्नुपर्छ भनेर बाइबलमा उल्लेख गरिएको छ । इसाई धर्मावलम्बीका अनुसार यो त्यस्तो प्रेम हो, जसलाई पालन गर्न या यस्तो प्रेम धारण गर्न सक्ने क्षमता सम्पूर्ण मानवलाई प्रभु यशुले प्रदान गर्नुभएको छ । स्वयम् प्रभु यशुले अरूहरूको खुसीका लागि बलिदान दिनुभएको प्रसङ्ग बाइबलमा छ । यस्तो प्रेमलाई निःस्वार्थ या आध्यात्मिक प्रेम भनेर पनि वर्णन गरिएको छ ।
महाभारतमा दर्शाइएको राधाकृष्णको प्रेमलाई उत्कृष्ट प्रेम भनिएको छ । राधाकृष्णको प्रेमको कुनै सीमा थिएन । यहाँ राधाकृष्णको अलौकिक प्रेमको प्रसङ्ग उल्लेख गर्न खोजेको होइन, मानव रूपमा अवतरित राधाकृष्णको मानवीय प्रेमको विषय उठाइएको हो । राधाकृष्णको प्रेम असीमित अपरिमेय प्रेम थियो, जहाँ इच्छा र आकाङ्क्षाले मुक्त थियो । अर्कोको कमीकमजोरी पर्वाह नगरीकनै निरन्तर प्रेम गरिरहनुलाई नै सच्चा प्रेम भनेर महर्षि व्यासले किटान गर्नुभएको छ ।
कसैको गल्तीलाई क्षमा गर्दा जो शान्ति मानिसले प्राप्त गर्छ र गल्तीलाई सहस्र स्वीकार गर्छ, त्यस्तो प्रेम अधिक राम्रो हुन्छ । मनुष्य, जनावर या कीरा–फट्याङ्ग्रा सबैको खुसीका लागि चिन्ता या सिद्धान्त नैतिक अभ्यास जसको परिणामस्वरूप सामग्री या आध्यात्मिक जीवन दुवै गुणवत्ता हुन्छ । त्यस्तो प्रेमलाई उत्कृष्ट प्रेम भन्ने गरिएको छ । महर्षिले दर्शाउनुभएको प्रेमका बारेमा गम्भीरतापूर्वक हरेक मानिसले सोच्न जरुरी छ ।
हुन त आमालाई सधैँ प्रेम गरिन्छ तर मनोविज्ञानअनुसार सानोमा आमालाई आफ्नो रक्षा र सधैँ आफूसँगै सान्निध्यमा भएको ठानेर प्रेम गरिन्छ । स्कुल, कलेजमा ती साथीहरू आफ्ना हुन्छन्, जो आफूसँग हाँसेर बोल्छन् र कहिलेकाहीँ गृहकार्य गर्नसमेत सहयोग पु¥याउँछन् । तर, रोमान्टिक साथीका लागि अन्य सम्बन्धहरूको तुलनामा अधिक गहन अन्तरङ्ग या भावुक तरिकाले प्रेम गरिन्छ । यी तीनैथरी प्रेमकै रूप हुन्, जहाँ स्नेह, आकर्षण हुन्छ र आफैँमा विशिष्ट छ । तर, प्रेमलाई मात्र तीन भागमा वर्गीकरण गरेरमात्र पुग्दैन । थुप्रै आस्था र सम्प्रदायले पनि प्रेमलाई वर्गीकरण गरेका छन् ।
बासना आनन्दले अभिप्रेरित प्रेमले मानिस केही समय रमाउँछ । अन्तरङ्गता अथवा भनौँ आत्मादेखि आत्मासम्मको उत्साहजनक दयालु प्रामाणिक आत्(मबन्धन अर्को प्रेमको प्रकार हो । अभिनय गरेर प्रेम हासिल गर्न खोज्ने सुकुलगुण्डा प्रकारको प्रेम पनि हुन्छ, जहाँ मानिसले आकस्मिक यौन, रोमाञ्चक र दायित्वलाई शून्य निहितार्थको साथ अनुभव गर्छ । प्रेम भनेको सुरक्षात्मक, सम्बन्धहरूसँग गरिने पनि हुन्छ । आमाबुवा अन्य सम्बन्धितसँग जसले सुरक्षा प्रदान गर्छन् । बहिनी–दिदीले प्रेम गरोस् नगरोस् तर बहिनीप्रति जहिले पनि सुरक्षा कवच बनेर दाइ उभिन्छ, पिता अनुकूलको होस् या नहोस् या माता मर्यादाभित्र रहेकी हुन् या नहुन् या पुत्र–पुत्री मर्यादाविहीन किन नहुन् मातापिताले पुत्रलाई र पुत्रपुत्रीले मातापितालाई प्रेम गरिरहन्छ । यसलाई स्वार्थरहित प्रेम भनेर वर्गीकरण गरिएको छ । यसको साथै आत्मप्रेमलाई पनि विशिष्ट किसिमको प्रेम भनिएको छ । यसको दुइटा अवधारणा छ– पहिलो स्वस्थ रहन आफैँले आफ्नो सुरक्षा गर्ने र कसैको सहारा, यहाँसम्म कि प्रिय तथा स्वजनहरूको समेत सहयोग नलिई, आत्मसम्मान बलियो बनाउने । दोस्रो स्वार्थका लागि जस्तो कि अत्यधिक कृति या यश कमाउनका लागि अत्यधिक चिन्तित हने प्रेम–प्रसङ्ग हो । प्रतिबद्धता, दीर्घकालीन समझ, सर्वोत्तम हित र परिवारको निर्माणका लागि कटिबद्ध व्यक्तिले दर्शाउने प्रेम आत्मप्रेमको स्वरूप हो । यसको साथै भगवान्, प्रकृति, गरिब, असहायलाई गरिने प्रेम आध्यात्मिक भावनाले ओतप्रोत प्रेम हो । । अहिलेसम्म जति पनि कथा, कविता, उपन्यास, सिनेमा, नियम, कानुन, विधि बनाइएको छ, प्रेमलाई नै आधार बनाएर बनाइएको छ ।
प्रेम र मानव विकासक्रम
अहिलेको संसारमा रोमान्टिक प्रेमलाई विस्तृत रूपमा वर्णन गर्ने गरिएको छ र रोमान्टिक प्रेमलाई विकासवादी अनुकूलनका रूपमा हेर्ने गरिएको छ । यो एउटा यस्तो अद्भुत विलक्षण, अति अपरिहार्य तागत हो, जसले भविष्यको मानव जातिको पिँढीलाई एउटा अत्यावश्यक जिन आनुवांशिक संरचनालाई पुस्तान्तरण गर्न सहयोग गर्छ । यसको साथै रोमान्टिक प्रेमलाई यउटा यस्तो शक्तिका रूपमा वर्णन गरिएको छ कि यसले दुई साझेदार महिला तथा पुरुषलाई दीर्घकालीन रूपमा एकै ठाउँमा बस्न र सहकार्य गर्न सहयोग पु¥याउँछ । तर, कसैकसैले यस्तो प्रेमलाई अन्धो प्रेम पनि भन्ने गर्छन्, कारण महिला तथा पुरुषको शारीरिक सम्बन्ध कुनै मजबुत रोमान्टिक भावनाविना पनि हुन सक्छ । जसले गर्दा यसलाई मानव जातिले पटक–पटक दोहो¥याउने जोखिम हो भन्ने समुदाय पनि ठूलो छ । यसकारण रोमान्टिक प्रेमलाई अलग–अलग समयमा अलग–अलग संस्कृतिले परिभाषित गरेर दृष्टिकोण बनाइएको पनि देखिन्छ । कसैकसैले समाजशास्त्रीय परिभाषामा सीमित गरेर यो समाजले बनाउने सामान्य प्रक्रियामात्र हो भनेरसमेत चित्रण गर्न गरेका छन् ।
तर, रोमान्टिक प्रेम समाजशास्त्रमा मात्र सीमित छैन । मानव विकासक्रम, प्लाङ्कटनदेखि बोनजोभीसम्मको विकासक्रममा बाँदरहरूले एक–अर्काप्रति भावनात्मक रूपमा जोडिने क्षमताको विकास गरे । यही भावनात्मक सम्बन्धलाई आधुनिक मानवले प्रेमका रूपमा वर्णन गर्न थाल्यो । जब मानवको अभ्युदय भयो, जीवित रहनका लागि पनि एक मात्र नभई, एकभन्दा धेरै विपरीत लिङ्गीप्रति प्रेम गर्नुपर्ने आवश्यकता भयो । यसरी समूहमा यौनका लागि भन्दा पनि सुरक्षित बस्नका लागि आपसमा मिल्नुपर्ने अनिवार्य आवश्यकता भयो । तर, मानवबाहेकका अन्य जनावर स्वतन्त्र थिए, कारण उनीहरूमध्ये कसैसँग उड्न सक्ने क्षमता थियो, केही जमिनमा भए पनि अत्यन्त शक्तिशाली थिए । तर, मानवसँग जनावरसँग जस्तो शक्ति र क्षमता भएन । यसकारण जीवित रहनका लागि उनीहरूलाई समूहको आवश्यकता भयो । समूहमा रहँदा बस्दा मानिसको बीच भावनात्मक रूपमा आपसमा बस्न सक्ने क्षमता विकास भयो । भावनात्मक रूपमा आपसमा बाँधिएका मानिसको शक्ति विशाल पञ्जा, शक्तिशाली दाँत, अति विषालु जीव र उड्न सक्ने जीवभन्दा अधिक प्रभावी भयो र आपसमा मिलेर भावनात्मक रूपमा बस्न मानिसले जान्यो र मानवको वंश फैलियो । आपसमा मिलेर प्रेमपूर्वक नबसे मानव जातिको अस्तित्व समाप्त हुन्थ्यो । अहिले पनि हामीले सहज रूपमा तिनीहरूप्रति प्रतिबद्ध, निष्ठा र स्नेह देखाउँछाँै । जो हामीप्रति वफादार हुन्छन् र स्नेह देखाउँछन् । यसरी मानिसले आफूबाहेक अरूलाई पनि प्रेम गर्न जान्यो । प्रेमकै कारण मानिसले आफूले प्रेम गर्ने मानिसप्रति निष्ठा र स्नेहको एक अतार्किक बिन्दु, यहाँसम्म कि उसका लागि मर्न र मार्न पनि तयार हुन थाल्यौँ । मर्ने र मार्ने विषय पागलपन र अहिलेको विश्वमा अप्रासङ्गिकजस्तो देखिन सक्छ । तर, यो सहजीवी अत्यन्त आनन्ददायक विषय हो भनेर चाल्र्स डार्विनले निक्र्यौल गर्नुभएको छ किनभने यही मानिसको प्रेमका लागि मर्ने र मार्ने विषयले नै प्रजातिमा एक अर्कोबाट भरोसा साथसाथै आशा जगाउँछ । यहीक्रमले मानव जाति लामो समयदेखि यो धरतीमा रहेको र मानव भविष्य लामो समय यो धरतीमा सम्भव देखिएको हो । प्रेम नै सबै सभ्यता, धर्म र समाजको जननी हो ।
सफल प्रेम
प्रेम जति थरीको भनेर किन वर्णन नगरियोस् तर प्रेम सफल भएन भने त्यसले गम्भीर दुर्घटना निम्त्याउँछ । प्रेममा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुनै सूत्र त छैन तर विज्ञले केही अवधारणा बनाएका छन् ।
दाम्पत्य जीवन आनन्दमय होस् । विवादरहित होस् र जीवनपर्यन्त एक–अर्कामा माया बसिरहोस् भन्ने चाहना सबैको हुन्छ । तर, कतिपय मानिसको जीवन अनि विवाह सोचेजस्तो नहुन सक्छ । झन् अहिलेको प्रतिस्पर्धात्मक उपभोक्तावादी संसारमा दाम्पत्य जीवन समयक्रमसँगै भङ्ग हुने र जीवनको उत्तराद्र्धमा ज्यादै कष्टकर हुनेसमेत देखिएको छ । यसैले प्रेममा विखण्डन सामान्य हुन गएको छ । यसकारण केही सैद्धान्तिक अवधारणालाई जीवनमा उतार्न आवश्यक छ ।
मस्तिष्कको हरेक क्षेत्र कुनै संवेदनासँग जोडिएको हुन्छ । सामान्य अर्थमा मस्तिष्कलाई तीन भागमा वर्गीकरण गरेर प्रेमलाई सम्झाउन विज्ञहरूले चाहेका छन् । मस्तिष्कको एउटा क्षेत्र सहानुभूतिसँग जोडिएको हुन्छ र आवश्यकताअनुसार सहानुभूति, संवेदना प्रकट गर्छ । एउटा क्षेत्र व्यक्ति स्वयम्को तनाव र मनको भावनालाई नियन्त्रण गर्छ । एउटा यस्तो भाग हुन्छ, जसले सकारात्मक भ्रमसँग सम्बन्धित हुन्छ । यसले आफूलाई अत्यन्त प्रिय लाग्ने मानिसको नकरात्मक सोच, आनीबानी र व्यवहारलाई समेत क्षमादान दिएर सकारात्मक सम्बन्ध बनाउन उद्यत हुन्छ । हामी सबै खुसीले भरिएको दाम्पत्य जीवन जिउन चाहन्छौँ ।
यसका लागि मनोवैज्ञानिकहरूले सुखद दाम्पत्य जीवनका लागि तीन विषयमा ध्यान दिन सुझाएका छन् । जुन माथि उल्लेख गरिएका तीन क्षेत्रसँग सम्बन्धित छन् । अर्थात् मस्तिष्कको कार्यप्रणालीसँग सम्बन्धित छन् । उनीहरूको सूत्रअनुसार प्रेममा रहिरहन र प्रेम प्राप्त गर्न र प्रेम प्रदान गर्न सबैभन्दा पहिले साझेदारसँग सहानभूति व्यक्त गर्नुपर्छ, दोस्रो आफ्नो नकारात्मक भावनालाई नियन्त्रण गर्नुपर्छ र तेस्रो साझेदारको नकारात्मकतालाई बिर्सनुपर्छ । सकारात्मक माहौल बनाउन कोसिस गर्नुपर्छ किनभने प्रेम मानव मस्तिष्कले गर्न सक्ने दैनिक क्रियाकलाप हो । यति गरियो भने प्रेम अकन्टक रहन्छ र जीवन सुखमय रहन्छ भन्ने नै अहिलेसम्मको निक्र्यौल छ ।