महुवाको गन्ध (कथा )
गोरखापत्र अनलाइन
चैत्र २१, २०७७ शनिबार
यो गाउँकाले मात्र होइन, छिमेका तीन–चार वटा गाउँका अधिकांश मान्छेले नत्थुलाई दरुवाहा, शराबी, महुवाटी भन्ने गर्थे । काम नहुँदा केही गर्न नसके पनि लट्टुजस्तो नचाई सनको डोरी बनाउँथ्यो, सुरुसुरुमा सनको रेसा बाँटिने लट्टु तिघ्रामा घर्षण गरेर । जुन भट्टीमा रक्सी खान्थ्यो, त्यो भट्टीवालले महुवा भन्ने किसमिसभन्दा अलि ठूलो फलको रक्सी बनाउँथ्यो र गाउँले सडकमै भट्टी भएकोले महुवाको गन्ध टाढैबाट आउँथ्यो र भट्टीबाट कालो गनाउने...