बजारमा उपभाेक्ताकाे भीड, जाेखिम छ स्वास्थ्य मापदण्ड पालना गराैं
गोरखापत्र अनलाइन
आश्विन २२, २०७८ शुक्रबार
दशैँ नजिकिएसँगै बजारमा किनमेलका लागि मानिसको भीड बढ्दैछ । काठमाडौंका मुख्य बजार क्षेत्र न्युरोड, नयाँ बानेश्वर, असनलगायतका ठाँउमा मानिसको भीडभाड निकै देख्न सकिन्छ । जहाँ न स्वास्थ्य मापदण्डको पूर्ण पालना भएको छ, न त अधिकांश उपभाेक्ताले मास्कको उचित प्रयोग नै गरिरहेका देखिन्छन् । यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने स्वास्थ्य मापदण्ड पालना गर्नको लागि आग्रह गरिरहेको छ ।