logo
२०८१ जेष्ठ ६ आईतवार



कोरोना प्रभावित युवालाई रोजगारीमा जोडिँदै

खुला |
समाज |


कोरोना प्रभावित युवालाई रोजगारीमा जोडिँदै



कमल शर्मा
दैलेख, असोज २२ गते । कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका युवालाई रोजगारीमा जोडिने भएको छ । रोजगारी गुमाएर गाउँमा खाली बसेका युवा एकल महिला र घरेलु हिंसामा परेका महिलाहरुलाई पशुपालन तथा कृषिमा अनुदान दिएर रोजगारीमा जोड्न लागिएको हो । गुराँस गाउँपालिका,सयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक सहयोगमा महिला सशक्तिकरण मञ्च नेपालको सहजीकरणमा सञ्चालन भएको को कोभिड १९ रेस्पोन्स एण्ड सोसियो इकोनोमि रिकभरी परियोजना दोस्रो चरण अन्र्तगत गुराँस गाउँपालिका –१,३,६,८का तीन सय १० जना रोजगारीमा लागिएको बताइएको छ ।
गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँमा फर्केका सबै युवालाई रोजगारीमा जोडने अभियान अन्र्तगत गाउँपालिकाले साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले पहिलो चरणमा गाउँपालिकाको २,४,५ र ७ नम्वर वडाका ८१० जना युवाहरुलाई रोजगमारीमा जोड्नका लागि सहयोग गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो दोस्रो चरणमा १,३,६,८ का तीन सय युवालाई कार्यक्रममा जोड्दै छौँ ।
महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनीता चन्दले कार्यक्रममा समेटिएका तीन सय १० जना युवाहरु विभिन्न कृषि तथा पशुपालन समूहमा आवद्ध गराएर सहयेाग गरिने बताउनुभयो । उहाँले कृषि समुहमा आबध्द भएकाहरुका लागि ५० केजी आलुको बीउ, बन्दा, काउली, रायोलगायतको बीउ र पशु समूहमा आबद्ध भएकाहरुका लागि कुखुरा, बाख्रा तथा कुखुराका खोर निर्माण गर्न सहयोग गर्ने बताउनुभयो ।
रोजगारीमा जोड्न आलुको बीउ वितरण गरिँदै । तस्बिर कमल शर्मा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?