थारू समुदायका महिलाको जितिया पर्व शुरु
गोरखापत्र अनलाइन
आश्विन १२, २०७८ मंगलवार
थारू समुदायका महिलाहरुको जितिया पर्व मङ्गलबारदेखि शुरु भएको छ । असोज कृष्णपक्षको सप्तमी तिथि मङ्गलबार परेकाले थारु महिलाले नजिकैको नदी, जलाशय र इनारमा नुहाएर वर्त शुरु हुन्छ। जितियामा सप्तमी तिथिमा नुहाउने, दर खाने, अर्को दिन वर्त बस्ने र तेस्रो दिन विसर्जन गर्ने चलन छ ।