मनाेजरत्न शाही/केशब गुरूङ्ग
काठमाडौं, असोज १० गते । कुमारीलाई साक्षत देवीको रुपमा मानिन्छ । जीवित देवीका रुपमा कुमारीको पूजा गर्ने प्रचलन विश्वका अन्य कुनै देशमा छैन कुमारी माजु बौद्ध, हिन्दू पराम्परा अनुसार शाक्य कूलकी गौतम बुद्धको वंश भएकाले शाक्य परिवारबाट लिइन्छ ।
कुमारीको रेखदेखका लागि आवश्यक खर्च पहिले राजदरबारबाट पूरा गरिन्थ्यो भने अहिले गुठी संस्थान र काठमाडौँ महानगरले व्यहोर्ने गरेको छ । अहिले इन्द्रजात्रा लगायतलाई महानगरले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । गुठी संस्थानले दिँदै आएको आर्थिक सहयोग यथाबत रहेको छ । उहाँले भन्नुभयो, “ जब जयप्रकाश मल्लले कुमारीको स्थापना गर्नुभयो त्यो बेलादेखिको दरबन्दी अहिले पनि कायम छ, ।” देवी दुर्गा भावनीको आदेशमा राजा जयप्रकाश मल्लले कुमारी माताको स्थापना गर्नुभएको थियो । यो राजाहरुको कूल देवताको रुपमा पनि मानिएको छ ।
कुमारीको पढाइको व्यबस्था मिलाइएको छ मध्यन्न १२ बजेदेखि ४ बजेसम्म कुमारीको पढाई हुने समय हो । कुमारीहरुको शिक्षादीक्षाको नेपाल सरकार नै लिएको शाक्य बताउनु हुन्छ । कुमारीको २४ सैँ घण्टा चिताइदार परिवारले हेरचाह गर्छ । भने दुई जना महर्जन परिवारका महिलालाई कुमारीको हेरचाहका निम्ति राखिने गरिन्छ । उहाँहरुले पालै पालो एक–एक महिना कुमारी पूजाको थालि धुने, सरसफाई गर्ने र जात्राहरुमा पूर्व कुमारीहरुलाई बोलाउने काम गर्ने गरेको शाक्यले बताउनुभयो ।
पूर्व कुमारीहरुको लागि अहिले अध्ययन खर्चसहित मासिक १६ हजार रुपियाँ दिने गरिएको छ । भने गणेश र भैरवको लागि १२ हजार रुपियाँ मासिक दिने व्यवस्था छ । २०६५ सालमा २८५ औँ कुमारीको रथ यात्रा मनाएको र त्यो अनुसार अहिले स्थापित कुमारी ३८ औँ नम्बरको कुमारी रहेको अनुमान गरिएको उहाँले बताउनुभयो ।
एक वर्षमा विभिन्न समारोहहरुमा १३ पटक कुमारीको सवारी हुने शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “ इन्द्रजात्रामा चार पटक र अरु समयमा नौ पटक गरी १३ पटक कुमारीको सवारी हुन्छ ।” ती मध्ये इन्द्रजात्रामा सबभन्दा कठिन काम रथ तान्नुपर्छ । त्यसको लागि पहिले सरकारले तीन लाख रुपियाँ दिएको भए पनि अहिले त्यो रकम बढेर १३ लाख पुगेको उहाँले बताउनुभयो ।
कुमारीको हेरचाह महिलाहरुले नै गर्ने गरेको र बाहिरी काम भने महिला पुरुष सबैले गर्ने हुनाले कुमारी मातालाई त्यस्तो अप्ठेरो छ जस्तो उहाँलाई लागेको छैन ।