नौ महिनापछि मन्दिर खुलेसँगै पशुपति क्षेत्रमा बढ्न थाल्यो चहलपहल
रासस
पुष ६, २०७७ सोमबार
नौ महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुलेसँगै पशुपति क्षेत्रमा भक्तजनको चहलपहल बढ्न थालेको छ । पुस महिनाको चिसोमा पनि भक्तजन बिहानैदेखि दर्शन गर्न आउन थालेका छन् । भक्तजनलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर दर्शन गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । नौ महिनादेखि भेटीघाटी शून्य रहेको दानपेटिकामा पुस ५ गतेसम्म रु तीन लाख...