सुरुङ्गा हात्तीपीडित ३६ दलित परिवारलाई राहत वितरण
गोरखापत्र अनलाइन
मंसिर २९, २०७७ सोमबार
सप्तरीको सुरुङ्गा नगरपालिकाले हात्तीपीडित ३६ दलित परिवारलाई सोमबार राहत वितरण गरेको छ । नगरपालिका वार्ड नम्बर १ चहका टोलीका हात्तीपीडित ती परिवारलाई नगरपालिका प्रमुख मुक्तिनाथ चौधरीले राहत वितरण गर्नु भएको छ । प्रति परिवार २५ किलो चामल, भुजा(मुरही) पाँच किलो, खानेतेल एक लिटर, नून एक किलो, दाल दुई किलो, कम्बल एक थान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले जानकारी दिनुभयो ।
अघिल्लो रात पाँच वटा समूहमा आएका...