भगवानको विशेष रचना हो - 'तेस्रोलिङ्गी'
सनम महर्जन
फाल्गुन ७, २०७८ शनिबार
नैकापको एक सामान्य परिवारमा कैलाश श्रेष्ठको जन्म भयो । बच्चालाई सानैमा नानी बाबु भन्दै त्यही अनुसारको खेलौना दिइन्छ । छोराले गुच्चा, बन्दुक र बल खेल्न मन पराउँछन् भने छोरीले पुतली, भाँडाकुँडा र टाउकोमा सल बाँडेर नाच्न मन पराउँछन् । तर कैलाश फरक थिए ।