न्याय सेवाका शाखा अधिकृतलाई तालिम
गोरखापत्र अनलाइन
फाल्गुन १, २०७८ आइतवार
न्याय सेवाअन्तर्गत नवप्रवेशी शाखा अधिकृतका लागि आइतबारदेखि सेवा प्रवेश तालिम सुरु भएको छ। न्याय सेवा तालिम केन्द्रको आयोजनामा आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले तालिम उद्घाटन गर्नुभयो। मन्त्री बडूले न्याय सेवाअन्तर्गत न्याय, कानुन र सरकारी वकिल समूहमा प्रवेश गरेका शाखा अधिकृतलाई बधाई तथा शुभकामना दिनुहुँदै उच्च मनोबलका साथ सेवा प्रवेश गर्न आग्रह गर्नुभयो। सार्वजनिक सेवामा...