खुल्न थाले राजधानीका सङ्ग्रहालय, सम्पदास्थलमा चहलपहल
रासस
फाल्गुन ४, २०७८ बुधबार
कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल देखिन थालेको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको छ। सङ्ग्रहालयमा २५ जनाभन्दा धेरैको समूह आए विभाजन गरेर प्रवेश गराउने र २५ जनाभन्दा कमलाई एकै समूहमा प्रवेश गराउन थालिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।