सुनाकोठीबाट हराएको मूर्ति सार्वजनिक, स्थानीयले गरे बाजागाजासहित पुनर्स्थापना
गोरखापत्र अनलाइन
माघ २८, २०७८ शुक्रबार
माघ ८ शनिबार राती ललितपुरको सुनाकोठी बालकुमारी मन्दिरबाट चोरी भएको मूर्ति प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलमा २० दिनपछि भेटिएको मूर्ति सार्वजनिक गरेको हो ।
गए राती ललितपुरको हात्तीवन क्षेत्रमा रहेको करूणामयको मन्दिर क्षेत्रमा बोरामा पोको पारी फालेको अवस्थामा सो मूर्ति फेला परेको सुनाकोठीका वडा अध्यक्ष बाबुराजाले जानकारी दिनुभयो ।
महर्जन भन्नुहुन्छ, ललितपुर हात्तीवनका स्थानीय बुढी...