दानव नदीले भर्थापुरका घर भत्किए, उद्धारमा प्रहरी खटिए
गोरखापत्र अनलाइन
आश्विन ९, २०७७ शुक्रबार
लगातारको वर्षाको कारण दानव नदीको पानीको बहाव बढ्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्थापुरका घरहरु भत्किएका छन् । बाढीले भर्थापुरवासीको घरमा पानी समेत पसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । भर्थापुरनिवासी भुराहु धुनिया, तिलक धुनिया, कुमार मल्लाह र अजित धुनियाको फुसले छाएको कच्ची घर भित्र पानी पसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता खड्क बहादुर...