भारतीय सुरक्षाकर्मीको अबरोधले हलियाको घर निर्माण अधुरै
रासस
आश्विन ८, २०७७ बिहीबार
भारतीय अबरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अबरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको हो । पुनः स्थापन कार्यक्रमअन्र्तगत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराएपछि झोपडीमा बस्दै आएका मुक्त हलिया परिवारले दुई वर्ष अघिदेखि घर निर्माणको कार्य शुरु...