सुदूरपश्चिममा आज ‘वल्के चाड’ मनाइँदै
रासस
भाद्र १, २०७७ सोमबार
सुदूरपश्चिम प्रदेशमा परम्परागत रुपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ ।
भदौ १ गते अर्थात् महिनाको पहिलो दिन मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात् ‘उपहार’ भन्ने बुझिन्छ । यो चाडमा आफ्ना मान्यजन र छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने गरिन्छ । यसैगरी विवाहिता छोरीलाई माइतीघरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्का लगायतका स्थानीय खानाका मीठा परिकार...