थप कोरोना सङ्क्रमण फैलिन नदिन कामपा-१४ सिल
रासस
श्रावण ३१, २०७७ शनिबार
काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को संक्रमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा संक्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ ।