गरिबीको सजीव तस्बिर, घनघस्याको चिसो लेकमा नाङ्गा गोठाला
गोरखापत्र अनलाइन ,
श्रावण २२, २०७७ बिहीबार
साउने झरीमा रुझ्दै नौ वर्षकी आरती भण्डारी घनघस्याको लेकमा नाङ्गै गोठाला हिँड्छिन् । आरतीसँग जिउ ढाक्ने लुगा छैन, न त ओढ्ने छाता नै छ । घरमा खान पुग्दैन । स्कुल पढ्न कापी–कलम, पोशाक र झोला त निकै परको सपना जस्तो छ । यो पीडा डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–१, खतेडा गाउँकी आरती भण्डारीको हो ।
छिनमै पानी पर्ने, छिनमै कुहिरोले ढाकिने घनघस्याको लेक जस्तै चिसो सपना बोकेर आरती भण्डारी गोठालो हिँडेकी छिन् । “बुवाका हात...