यार्साले बदल्यो दलितको जनजीवन
गोरखापत्र अनलाइन
श्रावण १९, २०७७ सोमबार
खरले छाएका स–सना घरहरू । अस्तव्यस्त बसाइ । जताजतै फोहोरै फोहोर । कुरा आजभन्दा दश वर्षअघिकाे हो । सुर्मा गाउँपालिका–३, गैरीगाउँमा बसोबास गर्ने दलित समुदायको जीवनशैली परिवर्तन भएको धेरै भएको छैन । आजभोलि झट्ट हेर्दा यो गाउँ हुनेखानेको बस्तीजस्तै लाग्ने मात्र होइन, दुर्गम गाउँको सुगम बजारजस्तै पनि लाग्छ ।