बग्गीखानामा रेड लाइट (फोटो फिचर)
गोरखापत्र अनलाइन ,
श्रावण १८, २०७७ आईतवार
उपत्यकाको ट्राफिक व्यबस्थापन चलायमान बनाउने केन्द्रका रुपमा रहेको महानगरीय ट्राफिक महाशाखा आइतबार सुनसान थियो । ट्राफिक कारवाहीमा परेका कागजात लिने, दुर्घटनाका मुद्दामा छलफल गर्नेदेखि हराएका सामान खोजविन जस्ता काम गर्दै आएको बग्गीखाना स्थित उक्त महाशाखामा दैनिक सयौं सेवाग्राहीको भीड हुन्थ्यो ।