विप्लव समूहका जनसरकार प्रमुखसहित छ जना पक्राउ
गोरखापत्र अनलाइन
असार १४, २०७७ आईतवार
जिल्ला प्रहरी कार्यालय कैलालीले नेकपा (विप्लव समूह) का छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका कैलाली जिल्ला जनसरकार प्रमुख दलबहादुर विकसहित अन्य पाँच जना रहेका छन् । विभिन्न मितिमा कैलालीका विभिन्न क्षेत्रमा आपराधिक क्रियाकलाप, राज्यद्रोह, कर्तव्यज्यान, हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ तथा सङ्गठित अपराधमा संलग्न रही फरार रहेको भन्दै प्रहरीले खोजीकार्य अघि बढाएको थियो । कैलालीमै रहेको भन्ने...