कोशी अस्पतालबाट थप १४ जना कोराना जितेर डिस्चार्ज
गोरखापत्र अनलाइन ,
असार १५, २०७७ सोमबार
विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रबाट १४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचारत झापाका छ, मोरङका चार, सुनसरीका तीन र पाँचथरका एक जनाले कोरोना भाइरस परास्त गरी सोमबार डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेमा विराटनगर १० की आठ महिने बालिकासहित ५४ वर्षसम्मका छन् । कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गतेसम्म उनीहरू भर्ना भएका व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो ।
यसैबीच...